पाँच महिनामा ८ करोड २४ लाखको अचार निर्यात
पुस ११, २०८२काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ८ करोड २४ लाख ८८ हजार रुपैयाँको अचार निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ९ करोड ५६ लाख ९३ हजार रुपैयाँको अचार निर्यात भएको थियो । ५ महिनामा १ सय ४० टन (१ लाख ४० हजार ३ सय ४ किलो) अचार नेपालले विभिन्न मुलुकमा निर्यात गरेको हो । यति परिमाणमा अचार निर्यात हुँदा ८ करोड २४ लाख ८८ हजार रुपैयाँ आर्जन भएको छ ।
सबै पढ्नुहोस