बाढीका कारण ७४८ मेगावाट क्षमताका १३ विद्युत् आयोजनामा असर
भदौ १०, २०८३काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १३ विद्युत् आयोजना प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका छन् भने ५ वटा निर्माणाधीन अवस्थाका हुन् । नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीका कारण असर परेकामा सञ्चालनमै रहेका ३५४ मेगावाट क्षमताका ८ वटा आयोजना छन् । त्यस्तै ३९४ मेगावाट क्षमताका ५ वटा निर्माणाधीन आयोजना प्रभावित बनेका छन् ।
सबै पढ्नुहोस