राप्रपासहितको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा थापाको दाबी पेश
भदौ ३, २०८३हेटौंडा । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगरले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् । थापाले राप्रपासहित विभिन्न तीन दलका गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । एमाले संसदीय दलको बैठकले थापामगरलाई मुख्यमन्त्री बनाउने निर्णय हिजो गरेको थियो । लगत्तै उनले आज प्रदेशप्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।
सबै पढ्नुहोस